पूर्वडीआईजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरु हुदै

काठमाडौँ। नेपाल प्रहरीमा सक्षम र इमानदार अधिकृतको छवि बनाएका पूर्वडीआईजी रमेश खरेलले संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ शुरु हुने भएको छ।

बिहीबार एक औपचारिक कार्यक्रबीच घोषणा गर्न लागिएको सो अभियानलाई भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर सक्रिय बनाइने बताइएको छ।

अभियानमा देवेन्द्र सिटौला, नारायण घिमिरे, राजकुमार यादव, रोशन श्रेष्ठलगायत पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई समेटिने संयोजक खरेलले क्यानडा नेपाललाई जानकारी दिए। उनका अनुसार उक्त अभियानमा इच्छुक जो सुकै व्यक्तिलाई पनि समेट्न सकिनेछ।

अन्य सम्बन्धित समाचार:  कारवाही फिर्ताको निर्णय सकारात्मक कदमः सुरेन्द्र पाण्डे