एकीकरणमा किन आएनन् सुनिलबहादुर थापा?

काठमाडौं। राप्रपा एकीकरण घोषणा सभामा कमल थापाले गीता छोएर पार्टी नफुटाउने उद्घोष गरिरहँदा यता राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापा भने एकीकरणमा कतै देखिएनन्।  कमल थापा नेतृत्वको राप्रपासँग बुधबार पार्टी एकतामा अध्यक्ष पशुपतिशम्शेर राणा गए पनि थापाले भने उक्त घोषणा सभा बहिष्कार गरेको स्पष्ट देखियो।

गत शनिबार थापा र राणाबीच १० बुँदे सहमति गर्दै पार्टीमा तीन अध्यक्ष रहने गरी एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको थियो। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एकता सभा भव्य भएको बताए।

अन्य सम्बन्धित समाचार:  माधव नेपालको प्रष्टीकरणः लोकतन्त्र सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)