युरोपियन पर्यटकलाई अमेरिका प्रवेशमा रोक

वासिंगटन डि.सी.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै बुधबार राति मध्यरातदेखि लागु हुने गरी आगामी ३० दिनका लागि युरोपबाट वेलायत बाहेकका अमेरिका आउने जाने सबै यात्रामा प्रतिबन्धको घोषणा गरेका छन्।

यो प्रतिबन्ध उपयुक्त जाँच पार गरेका केही निश्चित अमेरिकनका सन्दर्भमा भने लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन्।

अमेरिकी पूर्वीय समय अनुसार बुधवार नौ बजे बेलुका ह्वाईट हाउसबाट गरेको सम्बोधनमा युरोपियन युनियनले अमेरिकाले जस्तो सावधानी नअपनाएकोले गर्दा त्यस्तो रोक लगाउनुपरेको घोषणा गरेका हुन्।

अहिलेसम्म विश्वभर १ लाख २६ हजार १ सय ३९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। जसमध्ये ४६०० बढिको मृत्यु भईसकेको छ। त्यसमध्ये अमेरिकामा संक्रमितको संख्या एघार सयको हाराहारीमा र ३२ जनाको मृ्त्यु भएको छ जसमा अधिकांश बृद्ध बृद्धा रहेका छन्।

अन्य सम्बन्धित समाचार:  अस्पताल, अक्सिजन र जनशक्तिको अभाव हुन नदिन सर्वोच्चको आदेश

हाल अमेरिकाका ब्यस्त सहरहरु समेत कोरोनाको त्रासले गर्दा सुनसान बन्न थालेका छन् भने शेयर कारोबारमा मन्दी आएको छ।ट्रम्पको पछिल्लो सम्बोधनले अमेरिकी अर्थतन्त्रमा अझ बढि प्रभाव पार्ने देखिएको छ।