संसद् सञ्चालन गर्नु आवश्यक नभएको भन्दै स्थगितको माग

काठमाडौँ।  नेपाली कांग्रेसका सांसद्हरुले संघीय संसदको बैठक स्थगित गर्न माग गरेका छन्। कोरोना भाइरसका कारण विश्व नै प्रभावित भइरहेको बेला संसद् सञ्चालन आवश्यक नभएको भन्दै स्थगितको माग गरेका हुन्।

‘कोरोना भाइरसको जोखिम छ, यस्तो परिस्थितिमा संसद् धेरै दिन नलचाऊ’ कांग्रेस सांसद भरत शाहले संसदमा प्रस्ताव राख्दै भने। सरकारले यातायातमा सिन्डिकेट हटे पनि हेटौंडा र कावासोतीमा अझै पनि ढाँट राखेर शुल्क उठाउने गरेकोप्रति पनि शाहले आपत्ति जनाए।

यसैैबिच सांसद भीमसेन दास प्रधानले संसद, स्कुल तथा भीडभाड हुने सबै ठाउँ बन्द गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रधानले यस्तो माग गरेका हुन्। सरकारले अहिलेसम्म संसदलाई निरन्तर चलाई राख्नुको कुनै तुक छैन।

अन्य सम्बन्धित समाचार:  महन्थको विज्ञप्तिः जसपाको कुनै बैठक बाेलाइएको छैन

स्कुल, बस, तुरुन्त बन्द गर्नुपर्‍यो,’ उनले भने, ‘सरकारले चाँडै एक्सनमा जानुपर्छ। जहाँ भीड हुन्छ त्यो रोक्न सकिएन भने यसबाट हुने भय नेपालले रोक्न सक्दैन।’

उनले विश्व स्वास्थ्य संगठनले पनि जोखिममा रहेको बताइरहँदा नेपाल सरकारले कुनै तयारी नगरेको पनि आरोप लगाएका छन्।