कोरोना भाइरसले छोडेन् अभिनेता टम ह्याङ्क्स र पत्नी रिटालाई

हलिउडका चर्चित अभिनेता टम ह्याङ्क्स र उनकी पत्नी रिटालाई कोरोना भाइरस संक्रमण भएको छ। यो जानकारी स्वयं ह्याङ्क्सले दिएका हुन्। उनले ट्विट गर्दै यो जानकारी दिएका छन्।

अष्ट्रेलियाको यात्रामा रहेका ह्याङ्क्सले एक ट्विट गर्दै लेखेका छन्, ‘म र रिटा अष्ट्रेलियामा छौँ। हामी थाकेको महसुस गर्दै थियौँ। चिसो थियो र शरीर दुखेको थियो। रिटालाई हल्का ज्वरो पनि थियो। हामीले कोरोना भाइरसको टेस्ट गरायौँ र हामी नतिजा पोजिटिभ आयो।’

उनले भनेका छन्, ‘अब अगाडि चिकित्सा अधिकारीहरुले केही प्रोटोकल तय गरेका छन् जसको पालना गर्नु पर्ने छ। हाम्रो फेरि परीक्षण हुनेछ। त्यति बेलासम्म हामीलाई निगरानीमा राखिने छ। हामी यसबारे जानकारी दिइरहने छौँ।’

अन्य सम्बन्धित समाचार:  आमा तिमीलाई एक दिन— बिमला भुषाल