बाबुले गरे १६ वर्षीय छोराको हत्या

कञ्‍चनपुर। कञ्‍चनपुरमा एक बाबुले आफ्नै १६ वर्षीय छोराको हत्या गरेका छन्।  भीमदत्तनगरपालिका–२ उल्टाखामका ३९ वर्षीय डम्बर चन्दले १६ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन्।

प्रहरीले हत्यामा संग्लन बाबुलाई पक्राउ गरेको छ। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  गाडीको ठक्करबाट सवारी चेकिङ गरिरहेका हवल्दारको मृत्यु