भारतमा अप्रिल १५ सम्म जारी गरिएको भिसा रद्द

एजेन्सी। कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’ घोषणा गरेसँगै भारतले जारी गरेका सबै भिसा रद्द गरेको छ। अप्रिल १५ सम्म जारी गरिएको भिसा रद्द गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारत प्रवेश गर्न चाहानेहरु अव अप्रिल १५ सम्मलाई रोकिएका छन्। कुनै पनि राष्ट्रका नागरिकलाई भिसा नदिने जनाएको भारतले कुटनीतिक र श्रम भिसालाई भने रद्द गरेको छैन।

भारतले ३५ दिनसम्म भिसा रद्द गर्ने सूचना जारी गरेपछि भारत घुम्न पुगेका पर्यटकहरु अन्यौलमा रहेको बताइएको छ। यद्यपि, हालसम्म भारतमा प्रवेश गरेका सबै पर्यटकको भिसा भने कायम नै रहने बताइएको छ। यस्तै, भारत सरकारले अत्यावश्यक काम बाहेक अन्य प्रयोजनका लागि दश नछाड्न नागरिकलाई भनेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना महामारीमा निजी अस्पतालको कमाउ धन्दा