प्रधानमन्त्रीको रगत र पिसावको नमूना प्रयोगशालामा

काठमाडौं। मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल बसाइँ केही दिन बढ्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।  गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी रहेपनि स्वास्थ्यमा केही समस्या देखिएपछि डिस्चार्ज हुन समय लाग्ने भएको हो। प्रधानमन्त्री ओलीको शरिरमा ज्वरो देखिएपछि डिस्चार्ज नगरिएको र शल्यक्रिया गरिएको घाउ दुखेर ज्वरो आएको बताइएको छ।

अहिले प्रधानमन्त्रीको रगत र पिसाब परीक्षणको लागि नमूना लिइएको छ। त्यसको परिक्षणकोलागि प्रयोगशालामा पठाइएको जनाइएको छ। त्यसो त अस्पताल बाहिर आएसंगै हुनसक्ने संभावित संक्रमणलाई मध्यनजर गरेरपनि तत्काल अस्पताल छोड्नु राम्रो नरहेको चिकित्सकले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  पाँचथरमा दिनहुँ थपिँदै कोरोना सङ्क्रमित