कोरोनाको आशंकामा टेकु र पाटन अस्पतालका आइसोलेसन वार्डमा ६ जना

काठमाडौँ।  कोरोना भाइरसको आशंकामा ६ जनालाई काठमाडौँका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए। उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  गण्डकीमा नयाँ मुख्यमन्त्री चयनका लागि दिइएको समयसीमा आज सकिंदै