कोरोनाले लियो ४ हजार ६ सय २७ को ज्यान

काठमाडौं। कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण विश्वको अर्थत्रन्त प्रभावित हुदैं गएको छ। कतिपय देशमा रहेका पर्यटकीय गन्तव्यहरु सुनसान हुदैं गएको छ।

नेपालको प्रमुख पर्यटकीय क्षेत्रहरुमा रहेका होटल व्यवसायमा पर्यटकको संख्या कम हुदैं गएको छ। कोरोनाको कारण विश्वका १ सय २३ मुलुकमा ४ हजार ६ सय जनाको ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएको बताइएको छ।

सक्रमित ५३ हजार २ सय २७ जनाको उपचार जारी छ भने त्यसमध्ये ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। अहिलेसम्म ३१ सय ६९ जनाको चीनमा मृत्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  ४ सांसद र संसदका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

कोरोनाभाइरसको संक्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३र३ जनाको मृत्यु भएको छ।

कोरोनाले विश्वव्यापी महामारी लिदैं जादाँ यसको त्रासले मानिसहरुको दैनिक जीवन विथोलीदैं जादाँ कतिपयलाइ मानसिक चिन्ता पनि बढेको चिकित्सकहरुले बताएका छन्।

१ सय २३ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको र ४ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएपछि कोरोनाभाइरसको संक्रमणलाई विश्वस्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वव्यापी महामारीको घोषणा गरेको हो।

डब्लुएचओले बुत्रवार पत्रकार सम्मेलन मार्फत चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  खेर गयो ओलीको प्रयास, विश्वासको मत माग्दा देउवाले भनेः सहयोग गर्न सक्दिनँ

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए।

भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ। उनले कोरोना भाइरस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन्।

उनले महामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै अस्पताल र आपतकालीन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्।