कोरोना त्रास : हिमाल आरोहण बन्द

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमरण विश्वभरि नै फैलिए सँगै नेपालमा पनि यसको त्रास बढेको छ। त्रास बढे पछि नेपाल सरकारले पर्यटक भिसा दिने र हिमाल आरोहण बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले उक्त निर्णयको कारण भ्रमण वर्ष २०२० को औचित्य समाप्त भएको छ। पर्यटक भिसा कहिलेदेखि कहिलेसम्मका लागि बन्द गर्ने भन्ने निर्णय भने मुख्यसचिवले विभिन्न मन्त्रालयसँगको छलफल पछिमात्र गर्ने बताइएको छ।

रोगको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले तत्कालको लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो।

अन्य सम्बन्धित समाचार:  भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु