आज केही स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौँ। नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ।  विभागले मध्य तथा पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही आंशिक देखि मौसम सामान्यतया सफा रहने जनाएको छ। अहिले पूर्वी नेपालका केही स्थानहरूमा वर्षा भइरहेको छ।

दिउँसो देशका केही स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना छ।

आज राति देशका अधिकांश क्षेत्रमा सामान्य बदली रहनेछ। पश्चिमी क्षेत्र र पूर्वी नेपालमा भने वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।