काठमाडौं। धादिङका हिमेश पन्तले नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि आफ्नो पोल्टामा पारेका छन्। आज साँझ सम्पन्न फाइनलमा सुनसरीका सुमन कोइराला र रोल्पाका खड्ग बहादुर पुनलाई पछि पार्दै हिमेशले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।
फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त अन्तिममा पुगेका थिए।
यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानेको भएपनि मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्। हिमेशले उपाधी चुमेसंगै २५ लाख नगदका साथै कार हात पारेका छन्। ति लगायत केही अन्य नगद उपहार पनि उनले प्राप्त गरे।