संसद्‌मा महासचिव पद रिक्त हुँदै

काठमाडौँ। मनोहरप्रसाद भट्टराईको पाँच वर्षे कार्यकाल समाप्तिसँगै आइतबार सङ्घीय संसद्‌मा महासचिव पद रिक्त हुँदै छ। भट्टराईले साढे दुई वर्ष कार्यवाहक, दुई कार्यकाल महासचिव भएर काम गरेका हुन्।

नयाँ महासचिवको टुङ्गो नलागेका कारण वरिष्ठ सचिवलाई कार्यवाहकको जिम्मा दिएर कामकारबाही अघि बढाउने तयारी रहेको संसद् सचिवालय स्रोतले बताएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङसमेतको छलफलबाट महासचिवको टुङ्गो लाग्ने नेताहरू बताउँछन्।

नेम्बाङ संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सभामुख भएका बेला उनको एकल सिफारिसमा भट्टराई दुई कार्यकाल महासचिव बनेका हुन्। हाल सभामुख र राष्ट्रियसभाका अध्यक्ष दुवै जनाको सिफारिस चाहिने कानुनी व्यवस्था छ। सत्तासीन नेकपाको नेतृत्वमै भावी महासचिव बारे सहमति जुट्नुपर्ने अवस्था रहेको सचिवालयले जनाएको छ।। सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना बीच छलफल भए पनि टुङ्गो नलागेको स्रोतको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  माओवादीले स्थायी कमिटी बैठक बोलायो