काठमाडौँ। विवाहलाई एक पवित्र बन्धनको रुपमा मानिन्छ। अहिले हाम्रो समाजमा सम्बन्ध तोड्नेहरू धेरै नै पाइन्छ। कत्तिले मन नमिलेको कारण सम्बन्ध तोड्ने गर्छन् त कत्तिले आफू हिंसामा परेको कारण सम्बन्ध तोड्ने गर्छन्।
पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले पनि वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन्। उनले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी छिन्।
खड्गीले १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह गरेकी थिइन्। विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छिन्।
यसअघि पनि उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको थियो। तर यो कुरा उनीहरु दुवैले नकार्दै आएका थिए। तर, अहिले उषा आफैँले यसबारे मुख खोलेकी हुन्।
उनले फेसबुकमा स्टाटसमा लेख्दै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छिन्। र यसले आफूलाई थप बलियो बनाएको बताएकी छिन्। उनीहरूको एक छोरा र एक छोरी छन्।