रोनाल्डो आफ्नो होटललाई अस्पताल बनाउँदै, निशुल्क उपचार

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन्।  पोर्चुगलमा समेत कोरोनाको सङ्क्रमण बढ्न थालेपछी रोनाल्डोले विरामको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रूपान्तरण गरेका हुन्।

रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना सङ्क्रमित बिरामीको निशुल्क उपचार गर्न लागेको बताईएको छ। रोनाल्डोले बिरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निशुल्क गर्न लागेका हुन्।  उपचारमा संलग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले व्यक्तिगत गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो

फुटबलमा विश्वभर ख्याति कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि मनकारी छन्।  रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरिपूर्ण व्यक्ति भएको भन्दै उनको अहिले विश्वभर तारिफ भइरहेको छ।

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना सङ्क्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो। तर प्रशिक्षणपछि उनमा कोरोनाको सङ्क्रमण फेला परेको थिएन। पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना सङ्क्रमित भएको पुस्टि भएको छ।  अहिलेसम्म कसैको ज्यान भने गएको छैन।