अस्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्ति १४ दिने क्वारेन्टाइनमा बस्नु पर्ने

काठमाडौँ।  अस्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्ति अनिवार्य रुपमा १४ दिने क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अब उपरान्त अरु देशबाट अस्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्तिले आफूलाई अनिवार्य रुपमा ‘आइसोलेसन’ मा राख्नु पर्ने घोषणा गरेका हुन्।

यस्तै कोरोना भाइरसको संक्रमण रोक्नका लागि अस्ट्रेलियाले कम्तिमा ३० दिनका लागि क्रुस सिपबाट यात्रा गर्नेहरुलाई प्रवेश रोक लगाउने भएको छ।

‘सेल्फ–आइसोलेसन’ को नियम उल्लंघन गर्नेलाई कारवाही गर्ने सम्बन्धी नियम बनाउने सहमति मन्त्रीपरिषदमा भएको सिड्नीमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन्।

यस्तै सामाजिक दूरी कायम गर्ने, हात मिलाउन अस्वीकार गर्ने तथा व्यक्तिहरुबिचको दूरी डेढ मिटर कायम गर्ने बारेको जानकारी थप बिस्तार गर्ने पनि उनले बताएका छन्। तत्कालका लागि विद्यालयहरु भने खुला नै रहने उनले बताए।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग