चैत्र २ गतेदेखि चैत्र ८ गतेसम्मको राशिफल

मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) यो साता मेष राशिको राम्रो समय छ। परिवारमा मेलमिलाप हुन सक्छ। आय बढ्ने तथा शुभ यात्रा हुन सक्ने सम्भावना छ। आम्दानीका नयाँ बाटाहरू खुल्न सक्ने छन्। नोकरी तथा पढाइ दुइटै मा राम्रो रहनेछ। स्वास्थ्यमा राम्रै देखिन्छ।

वृष राशि (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) यो राशिको समय थोरै चिन्ताजनक समय रहेको छ। स्वास्थ्यमा समस्या हुनसक्छ। खर्च मा वृद्धि हुनसक्छ। अनावश्यक भ्रमणको समय रहेको छ। त्यसैले अली बढी सतर्क रहनुहोला। विद्यार्थीहरूको लागि पढाइ राम्रो देखिन्छ। वैवाहिक जीवन सन्तोषजनक रहेको छ।

मिथुन राशि (का,कि,कु,घ,ङ,छ,के,को,हा) समय मानसिक रुपमा शान्ति युक्त छ। नयाँ कामहरू मनमा आउन सक्छन्। लगानी कर्ताहरूको लागी अनुकुल समय छ। आफन्तहरूको भेटघाट हुने योग देखिन्छ। मिठो मिठो खान पाउने अनि राम्रो लुगा लगाउने समय रहेको छ। रमाइलो तथा राम्रो भ्रमणहरू साथै शुभ कार्यहरूको राम्रो योग देखिन्छ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) यो हप्ताको समय राम्रो देखिन्छ। परिवार तथा इष्टमित्र शुभ कार्यहरूमा सरिक भइएला। विदेश भ्रमणको योग देखिन्छ। फरक खालको तथा छोटा स्थानीय शुभ कार्यहरूमा सरिक भइएला। स्वास्थ्यमा थोरै ख्याल राख्नुहोला। परिवार तथा वैवाहिक जीवन कालमा सुख रमाइलो छ। विद्यार्थीहरूको लागि पढाइमा राम्रो छैन।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) यो साता धार्मिक प्रवृत्तिको समय छ। धर्मकर्म तथा अध्ययन अनुष्ठानहरूमा समय बित्ने योग छ। विदेश यात्रा देखिन्छ। धेरै आराम गर्नुपर्ने खालको समय देखिन्छ। स्वास्थ्यमा थोरै समस्या रहला। आम्दानी बढ्ने साथै परिवारमा मेलमिलापको रहने योग छ।

कन्या राशि (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) यात्रा बाट बच्ने समय छ। खर्च तथा लगानी गर्ने समय छ। त्यसमा पूर्ण सोचका साथ लगानी गर्नु पर्ने हुन्छ। खर्च तथा नोक्सानको समय छ। परिवार, इष्टमित्र बाट सहयोग मिल्नेछ। नयाँ काम गर्नको लागि राम्रोसँग सोचविचार गरेरै निर्णय गर्नु पर्ने योग छ।

तुला राशि (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) यो साता तुला राशिको समय ठिकै रहेको छ। मनमा चिन्तन गर्न सक्ने समय छ। आम्दानी बढे खर्चमा पनि बडावट आउने छ। जीवन सुखमय रहनेछ। विद्यार्थीहरूको लागि खासै प्रगति छैन। यात्रामा ठिकै समय छ।

वृश्चिक राशि (तो,ना,नि,नु,ने,नो,या,यि,यु) समय लाभकारी छ। अनेक आम्दानीका बाटा खेल्नाले प्रशस्त धन आर्जन हुनसक्छ। आम लगानीदेखि ठूला लगानीका लागि उपयुक्त समय छ। परिवार तथा सन्तान दुबईबाट खुसीको समाचार सुन्न सकिन्छ। स्वास्थ्यमा ख्याल राख्नुहोला।

धनु राशि (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) यो साता यात्रामा शुभ रहेको छ। आम्दानीमा बढोत्तरी तथा नयाँ कामहरू गर्नको लागि उपयुक्त समय देखिन्छ। विद्यार्थी हरूको लागि पढाइमा उपयुक्त समय छ। लगानीकर्ताहरूलाई नयाँ लगानीका लागि प्रशस्त सम्भावनाहरू खुल्ने छ। प्रेमसम्बन्धको लागि यो साता उपयुक्त देखिन्छ।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मकर राशिको यो साता समय सामान्य रहेको छ। स्वास्थ्य सामान्य रहनेछ। पुराना समस्याहरू समाधान हुन सक्ने योग छ। झैझगडा तथा विवाद बाट बच्नुहोला। छरछिमेकी, इष्टमित्रबाट सहयोग पाइएला। कुनै मुद्दा मामिला तथा समस्याको सम्भावना उत्तिकै देखिन्छ। विद्यार्थीहरूको पढाइमा राम्रै रहला।

कुम्भ राशि (गु,गे,गो,सा,सि,सु,से,सो,दा) शुभ कार्यमा सरिक भइएला। मीठो खाने, राम्रो लाउने समय छ। अध्ययनमा खासै मन नलाग्ला। स्वास्थ्यमा केही समस्या देखिनसक्छ। परिवार, इष्टमित्रबाट सहयोग पाइएला। नयाँ कामका अवसरहरू खुल्ने छन्। विदेश यात्रामा भने धेरै सचेत रहनुहोला।

मीन राशि (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) आर्थिकरूपले कष्टदायी समय छ। कसैलाई ऋण दिनु अगि सोच्नु पर्ने समय रहेको छ। झैझगडामा नपरेकै राम्रो। शुभकार्य तथा धार्मिक कार्यहरुले मनलाई शान्त बनाउन सक्छ। परिवार, इष्टमित्रहरु सँग सल्लाहमा काम गरियो भन काममा लाभ प्राप्त हुन सक्छ।

यो साता विदेश भ्रमण तथा शुभ यात्रा राम्रो देखाएता पनि कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फाइलिएको कारणले गर्दा यात्रा सकेसम्म नगर्न तथा स्वास्थ्यमाको ख्याल गर्न अनुरोध गरिन्छ। (धन्यवाद)

                                      ज्योतिषी अर्जुन सापकोटा – अमेरीका ० ०१–८६०९९५१६४७