खेम सेन्चुरीको ‘म रोएको सुन्छौ होला र?’ (भिडियोसहित)

काठमाडौँ। लोक दोहोरी गायक खेम सेन्चुरीको आवाजमा रहेको  ‘म रोएको सुन्छौ होला र?’ बोलको नयाँ लोक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गणेश केसीको शब्द तथा स्वयं गायक सेन्चुरीको सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोमा जीवन साथी गुमाएपछिको दुखद कथालाई समेटिएको छ।

ईश्वर बाबु र जुना गुरुङको अभिनय रहेको यस म्युजिक भिडियोमा कपिल लामाको निर्देशन रहेको छ। गीतको सङ्गीत संयोजन बिनोद बाजुरालीले गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!