कोटेश्वर–कलंकीमा सवारी चलाँउदै हुनुहुन्छ? सावधान !

काठमाडौं। कोटेश्वर–कलंकी आठ लनेको सडकमा दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले आजदेखि नयाँ व्यवस्थाको थालनी गरेको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–कलंकी सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने तर्फको लेनबाट मात्र चलाउने नयाँ व्यवस्था लागु गरेको हो।

नयाँ नियमको एक कार्यक्रमकाबीच काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले एकसाथ शुरुवात गरे।

लेन अनुशासनप्रति यात्रु र चालकलाइ जानकारी गराउने योजनाकासाथ नियमको थालनी गरिएको बताइएको छ।
नयाँ नियमले सवारीसाधन व्यवस्थीत गर्नुका साथै अतिरिक्त सवारी आवागमनलाई सहजता ल्याउने र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउने आशा गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन

कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, केदार घिमिरको पनि सहभागित थियो। सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन्। उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्धारा केही दिनअघिदेखि जानकारी दिन थालिएको थियो।