प्रचण्डलाई थप्पड हानेका पदम कुँवर पक्राउ

काठमाडौँ। नेपाल सम्वत् ११३३ को अवसरमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि थप्पड प्रहार गर्ने पदम कुवँर पक्राउ परेका छन्।  नयाँ बानेश्वरमा रहेको सांसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।

बागलुङका पदम कुँवरलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ। प्रहरी स्रोतका अनुसार पदम शनिबार सांसद भवनभित्र पसेका थिए।

अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमा सोधखोज गरेको थियो। उनले नेताहरूले देश बिगारेको भन्दै सांसद भवन पसेको प्रतिक्रिया दिएको प्रहरी स्रोतले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सिमकोट विमानस्थल जोखिममा