कोरोना भाइरस : भारतमा ‘कोरोना प्यार है’ फिल्म बन्दै

काठमाडौँ। अहिले विश्वभरि कोरोना भाइरसको सङ्क्रमरण बढे सँगै विश्वले नै यसको त्रास झेलिरहेको छ। कतिपय देशमा सङ्कटकालको घोषणा भएको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमणलाई महामारीको संज्ञा दिएको छ। यही कारण विश्वभरको सिने जगतमा प्रभाव पारिरहेको छ। तर, यही मौकालाई फाइदामा उतार्न खोज्दै हिन्दी फिल्म उद्योग भने यसबारे फिल्म बनाउने तयारी गरिरहेको छ।

‘बाजिराव मस्तानी’, ‘तनु वेड्स मनु रिटन्र्स’, ‘बदलापुर’ फिल्म निर्माण गरेको कम्पनीले यो फिल्म बनाउन लागेको हो। इरोज इन्टरनेसनले ‘कोरोना प्यार है’ नामको फिल्म बनाउन लागेको हो।

यही फिल्म नै विश्वमा (कोभिड-१९) को नाममा बन्न लागेको पहिलो फिल्म हुने भएको छ। अहिले काम चलिरहेको र यसको योजना बनाउन केही दिन लाग्ने भएकाले यो फिल्ममा अभिनेता तथा अभिनेत्री फाइनल नभइसकेको निर्माता क्रिशिका लुल्लाले बताएकी छिन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!