एसइई परीक्षा सर्ने सम्भावना

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ।

आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन्। एसइई परीक्षा चैत ६ गतेबाट सुरु हुने भनिएको थियो।

उनले कोरोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको पनि बताए।  सङ्क्रमण भित्रि हाल्यो भने पनि नियन्त्रणमा लिन सक्ने गरी काम भइरहेको भन्दै मन्त्री ढकालले भयभीत र आतङ्कित नहुन सर्वसाधारणलाई अपिल गरेका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ। यसलाई विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा साढे चार करोडभन्दा बढी बजेट