अण्डकोष बचाउनुस् कोरोनाले आक्रमण गर्ला

एजेन्सी। कोरोनाले पुरुषको अण्डकोषमा क्षति पुराउन सक्ने चिनियाँ चिकित्सकहरुको ठहर छ। कोरोना भाइरस (कोभिड(१९)को संक्रमणबाट मुक्त भएर घर फर्केका पूर्व संक्रमितहरुप्रति लक्षित गर्दै चिकित्सकहरुले आफ्नो प्रजनन् क्षमताको स्वास्थय परीक्षण गर्न आग्रह गरेका छन्।

वुहानमा कार्यरत चिकित्सकहरूले उक्त जीवाणुको कारण शुक्राणुको उत्पादन र पुरुष यौन हर्मोनको उत्पादनलाई असर गर्न सक्ने सम्भावना रहेको औल्याइएको छ। कोरोना भाइरसले विशेषगरी संक्रमित व्यक्तिको फोक्सो र रोग प्रतिरोधात्मक क्षमतामा आक्रमण गर्ने भएपनि सैद्धान्तिक रुपमा पुरुषको प्रजनन क्षमतामा क्षति हुन सक्ने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु