स्पेनका प्रधानमन्त्री पत्नी गोमेजलाइ कोरोना सङ्क्रमण

बार्सिलोना। कोरोनाले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई पनि सङ्क्रमण गरेको पुष्टि भएको छ। स्पेनका स्वास्थ्य अधिकारीहरुका अनुसार नमूना परीक्षणका क्रममा बेगोनामा कोरोना पोजेटिभ देखिएको बताए।

यसकासाथै मन्त्रिपपरिषद्का सदस्यहरुको स्वास्थ्य परीक्षण गर्दा दुई जना मन्त्रीमा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ। संक्रमण हुनेहरुमा मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियास रहेको बताइएको छ।

स्पेनमा कोरोनाको संक्रमण तीव्र भएपछि प्रधानमन्त्री सान्चेसले रोकथामका लागि मुलुकभरका चार करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा रहने बताएका छन्।

कोरोना भाइरस (कोभिड(१९) को महामारी फैलिएसँगै स्पेनले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री सान्चेसले घोषणा गर्दै दुई सातासम्म यो ब्यबस्था लागू गर्ने बताए ।

अन्य सम्बन्धित समाचार:  अनुशासन आयोगका प्रमुख बोहोराको ओलीलाई पत्रः सोमबारको बैठक तत्काल स्थगित गरौँ