सार्क राष्ट्रहरुमाझ ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ स्थापना गर्ने प्रस्ताव

काठमाडौं। सार्क राष्ट्रहरुमाझ ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ स्थापना गर्ने प्रस्ताव भारतले गरेको छ। विश्वमा फैलिरहेको कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नै पहलमा आइतबार भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापना गर्ने प्रस्ताव अघि सारेका हुन्।

भारतले कोषमा तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा पनि गरेको मोदीले उल्लेख गरे। अन्य देशले पनि स्वेच्छिक रुपमा योगदान गर्न सक्ने भन्दै मोदीले जम्मा हसन आएको रकम आपतकालीन कार्यमा जुनसुकै देशले प्रयोग गर्न सक्ने उल्लेख गरेका छन्।

भारतले विशेषज्ञ र डाक्टर संलग्न ¥यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको भन्दै प्रधानन्त्री मोदीले कुनै देशलाई आवश्यक भए सहयोग गर्ने बताए। महामारी जन्य रोगमा अनुसन्धान गर्न साझा मञ्च बनाउनुपर्ने भन्दै मोदीले भारतको मेडिकल रिसर्च काउन्सिलले समन्वय गर्न सक्ने बताए ।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह

छलफलमा सबैले आपतकालीन कोष बनाउने मोदीको प्रस्तावको स्वागत गरेका छन् तर रकम भने घोषणा गरेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैले कोरोनाबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

बंगलादेश, पाकिस्तान र माल्दिभ्सले परराष्ट्रमन्त्री र विज्ञरुको पनि भिडियो कन्फरेन्स गर्न र विश्व स्वास्थ्य संगठनजस्ता निकायलाई संलग्न गराउन प्रस्ताव गरेका थिए।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले निरन्तर सम्वादमा रहने र केही देशले उठाएको औषधि तथा मेसिन आपूर्तिकोे विषय आफ्नो टिमले ध्यान दिने बताएका छन्। सार्क देशहरुको सहकार्य विश्वका लागि उदाहरण हुनेसमेत उनको धारणा छ।