युएईबाट कोरोना सङ्क्रमित नेपालीलाई स्वदेश फर्काउन छलफल

काठमाडौँ। यूएईमा कोरोना भाइरसको सङ्क्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ। अवस्था सामान्य रहे पनि तिनलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे दूतावासले छलफल थालेको छ।

कोरोना सङ्क्रमण देखिएका २ नेपालीको युएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।दूतावासले ती कोरोना सङ्क्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको बताइएको छ।

कोरोना सङ्क्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ। तर, यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन अहिलेसम्म अनुमति दिएको छैन। उसले यसबारे विभिन्न देशका प्रतिनिधिसँग छलफल गरिराखेको छ।

प्रवक्ता धिताल यूएई सरकारको कदमपछि नेपाल फर्काएर उपचार गर्ने वा यहीँ राख्ने भन्नेबारे निर्णय लिइने बताउँछिन् ।यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको सङ्क्रमण फेला परेको थियो। उनीहरूको परिचय दूतावासले गोप्य राखेको छ।

अन्य सम्बन्धित समाचार:  कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु