‘परदेशी २’ मा दिलीपको इन्ट्री

काठमाडौँ। विश्वभरि कोरोना सङ्क्रमणको त्रास बढिरहेको अवस्थामा यस बीच पनि छायाङ्कन भैरहेको फिल्म ‘परदेशी २’मा अभिनेता दिलीप  रायमाझीको प्रवेश भएको छ।

नृत्य र अभिनयमा अब्बल मानिने अभिनेता दिलीप रायमाझीको प्रवेश भएको जानकारी सोही फिल्मका नायका प्रकाश सपूतले फेसबुकमार्फत गराएका छन्। उनले दिलीप रायमाझीलाई आफ्नो आइडल हिरो भन्दै सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।

उनले दिलीप रायमाझीसँग पहिलो पटक स्क्रिन साझेदार गर्न पाउँदा आफूलाई विश्वास नै नलागेका पोस्टमा उल्लेख गरेका छन्।

गएको दुई हप्तादेखि पोखरामा छायाङ्कन भैरहेको फिल्म ‘परदेशी २’ मा प्रकाश र दिलीप सँगै प्रशान्त तामाङ, वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, देवेन्द्र बब्लुलगायतका कलाकारहरूको मुख्य अभिनय रहने छ। रमेश वि.जीको कथा तथा पटकथा रहेको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!