‘लभ डायरिज’ पुनः रिलिज

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘लभ डायरिज’ पुनः रिलिज भएको छ। फागुन २ गते प्रेम दिवसको अवसर पारेर प्रदर्शनमा आएको यस फिल्म आजबाट कमल पोखरीमा रहेको जय नेपाल हलबाट रिलिज सुरु भएको छ।

विश्वभरि कोरोना भाइरसको सङ्क्रमण बढिरहेको कारण यसको त्रासले नेपालमा पनि पूर्ण रुपमा प्रभाव पारेको छ। यसले चलचित्र क्षेत्रमा पनि उत्तिकै प्रभाव पारेको छ। कोरोना भाइरस त्रासको बावजुत पनि चलचित्र ‘लभ डायरिज’ पुनः प्रदर्शनमा आएको छ।

चलचित्रका रिलिजको समय चेपुवामा परेका कारण अहिले पुन रिलिज गरिएको बताइएको छ। ‘लभ डायरिज’ चलेको अर्को साता नै आमा र ‘सेन्टीभइरस’ रिलिज भएको र यस चलचित्रले राम्रोसँग रिलिज समय नपाएको कारण अहिले फेरि यो चलचित्र रिलिज गर्नु परेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

मिले सम्म काठमाडौंका अन्य विभिन्न हलहरूमा पनि चलचित्रलाई प्रदर्शन गरिने वितरकको भनाइ रहेको छ। अहिले कोरोनाको त्रासका कारण हलमा चलचित्र छैन त्यहीँ मौकामा ‘लभ डायरिज’ ले पुन रिलिजको मौका पाएको हो।

सौरभ चौधरीको निर्देशनमा बनेको यस चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा, विश्व रिमाल लगायतको मुख्य भूमिका रहेको छ।