‘कोरोना कहर शून्य भो न्यूयोर्क सहर,’ ‘ग्रोसरीमा भीड तर सडक सुनसान’ (फोटो फिचर)

न्यूयोर्क। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका कारण अमेरिकाको प्रमुख शहर न्युयोर्कमा समेत यतिखेर मान्छेहरुको चहलपहल घटेको छ। अत्यावश्यक मालसामान जोहो गर्नुको अलवा अन्य खास गतिविधि देखिंदैन।
गत शुक्रबारदेखि अमेरिकामा संकटकाल लगाएपछि अत्यावश्यक बाहेकका सवारी साधनहरु चलेका छैनन्।

एयरपोर्ट र सहरका मुख्य भागहरु सुनसान देखिन्छन्। मार्च १७ देखि सबै विद्यालयहरु अप्रिल २० सम्म बन्द गरिने भएको छ। संकटकालसंगै चामल, दाल, पिठो र ट्वाईलेट पेपरहरुको अभाव सुरु भएको छ। ग्रोसरी स्टोरहरुमा खाद्यान्न किन्नेहरुको ठूलो भीड देखिन्छ। स्यानिटाईजर, मास्क आदिको अभाव भएको छ।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि