सोनीकाले आफू सँग पैसा नलिएको पूर्व युवराजको भनाई 

काठमाडौँ। पूर्वयुवराज पारस शाह र मोडल तथा युट्युबर सोनीका रोकायबीचको प्रेम सम्बन्ध सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उनीहरूको बारेमा विभिन्न प्रकारका टिकाटिप्पणी आइरहेको छ।

पूर्वयुवराज शाह पछिल्लो समय सोनीकासँग नजिकिए सँगै उनले सोनीकालाई पैसा दिएको भन्ने कुराले चर्चा पाइरहेको छ। तर, पूर्वयुवराज शाहले यो कुरालाई अस्वीकार गरेका छन्।

पूर्वयुवराज शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै सोनीकाले आफूबाट एक रुपैयाँ पनि नलिएको स्पष्ट पारेका छन्।  सोनीका राम्री युवती रहेकी र उनले पैसा लिएको भन्दै गसिप नबनाउन आग्रह समेत गरेका छन्।