पछिल्लो २४ घण्टामा इटालीमा ३ सय ६८ जनाको कोरोनाको कारण मृत्यु

एजेन्सी। इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाले कोरोनाको कारण ज्यान गुमाए। महामारी बन्दै गएको यस भाइरसको कारण इटालीमा अव मृत्यु हुनेको संख्या १ हजार ८ सय ९ पुगेको त्यहाँको नागरिक संरक्षण प्राधिकरणले उल्लेख गरेको छ। त्यसैगरि २४ हजार ७ सय ४७ जनामा संक्रमण भएको बताइएको छ।

उता इरानमा पछिल्लो २४ घण्टाको अन्तरालमा ७ सय २४ जनाले कोरोनाको कारण ज्यान गुमाए भने १४ हजार संक्रमितको उपचार भैरहेको छ।

यसैगरि स्पेनमा २ हजार नयाँ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्वभरिको अवस्था हेर्दा कोरोनाबाट ६ हजार जनाको ज्यान गएको छ भने १ लाख ५३ हजार भन्दा बढी संक्रमित छन्। १ सय ४१ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अन्य सम्बन्धित समाचार:  देशभर थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि