बसबाट ओर्लने क्रममा लडेर एकको मृत्यु

दाङ। बसबाट ओर्लने क्रममा लडेर दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर निवासी ५५ वर्षीया सुशीला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोमबार बिहान ८ः४० बजेतिर तुलसीपुरबाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसमा सवार वली झर्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेशले गुमायो इमान्दार पत्रकार र मानवाधिकार कर्मी