डाइभर्सिटी र गैरआप्रवासी भिसा अनिश्चितकालका लागि रद्द

काठमाडौं। कोरोना भाइरसका कारण मंगलबारदेखि लागू हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसाका दैनिक कार्यतालिका अनिश्चितकालका लागि रद्द गरेको जनाएको छ।दूतावासले सोमबार सूचना जारी गर्दै यथासक्य छिटो भिसा सेवा पुनः सञ्चालन गर्ने तर अत्यन्त जरूरी कामका लागि वा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न सकिने दूतावासले जनाएको छ। भिसा आवेदनकोलागि तिरेको रकम भने एक वर्षसम्म पनि मान्य रहने सूचनामा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  सभामुख सापकोटासँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य