ट्याक्टरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु, एक घाइते

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० मा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। एक जना अर्का घाइेत भएका छन्।
भीमदत्त नगरपालिका–१० भुजेलाका खगेन्द्र जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

आइतवार बेलुका भीमदत्त नगरपालिका–१० भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। ट्याक्टरको ठक्करबाट घाइते मोटरसाइकल चालक खगेन्द्र जोशी र मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१० भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका थिए।

महाकाली अस्पतालमा उपचार सम्भव नभए पछि उनिहरुलाई भारतीय सहर खटिमा रेफर गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको साढे २४ लाखसहित एक पक्राउ

दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक खगेन्द्र जोशीको खटिमाबाट उपचारका लागि बरेली लैजाने क्रममा बाटोमा नै आइतवार राती मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट मृत्यु हुने खगेन्द्र जोशी शसस्त्र प्रहरी बलको हवल्दार पदमा कार्यरत रहेको बताइउको छ।जस अनुसार जोशी बिदामा घर आएका थिए। दुर्घटना घाइते हरि जोशीको खटिमामा उपचार उपचार भइरहेको छ।

ट्याक्टर चालक फरार रहेका छन्। ट्याक्टर धनिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।