‘म्यान अफ दि वर्ल्ड नेपाल’को उपाधि राजेन्द्रलाई

काठमाडौँ। ‘म्यान अफ दि वर्ल्ड नेपाल २०२०’ को उपाधि राजेन्द्र रावलले चुमेका छन्। अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको यस प्रतियोगिताको उपाधि उनले हात पार्न सफल भएका हुन्।

राजेन्द्रले उपाधि हात पारे सँगै प्रतियोगितामा रजित प्रधानले फस्ट रनरअप र आयुष शाहीले सेकेन्ड रनरअपको उपाधि हात पारेका छन्।
विजेता रावलले फिलिपिन्समा हुने ‘म्यान अफ दि वर्ल्ड’ प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरे सँगै अन्य पुरस्कार पनि हात पारेका छन्।

रावलले फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड’ प्रतियोगितामा विश्वका प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  पीएम केयर फन्डलाई जसले करोडौं दिए