चीनमा कोरानाको संक्रमण घट्दो अवस्थामा

चीन। चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण भाइरस उदग्मस्थलमा कम भएपनि यूरोपका कतिपय देशमा ज्यादा फैंलदो अवस्थामा रहेको छ।
अर्थात चीनमा दिनप्रतिदिन घटिरहेको कोरानाको संक्रमण दर आइतबारसम्मको तथ्यांक केलाउने हो भने क्रमशः घट्दो अवस्थामा रहेको छ।
आइतवार चीनमा १६ जनामा संक्रमण पुष्टि र १४ जनाको मृत्यु भएबाट पनि चीनले कोरोनालाइ परास्त गर्दै गएको बुझ्न गाहे छैन्।
सिन्ह्वा समाचार संस्थाका अनुसार चीनमा १६ जना संक्रमित मध्ये १२ मुलुक बाहिरबाट आएको बिरामीको केश रहेको छ।

चीनमा ८० हजार ८६० जनामा कोरोना संक्रमणको पुष्टि भएपनि अहिले ९ हजार ८ सय ९८ जना उपचारका क्रममा छन्। त्यस्तै ६७ हजार ७ सय ४९ जना उपचार पछि फर्किसकेका छन्। त्यस्तै तीन हजार दुई सय १३ जनाको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

तथ्यांक अनुसार आइतवार ४१ वटा नयाँ शंकास्पद केस दर्ता भएका छन्। त्यस्तै आइतवार नै ८३८ जना डिस्चार्ज भएका छन्। त्यस्तै गम्भिर केसहरु पनि घट्दै गएका छन्। त्यस्तै १९४ जनाको अवस्था अहिले सामान्य रहेको र ती हजार ३२ जना मात्र गम्भिर अवस्थामा रहेको समाचार छ।