एउटा शक्तिशाली भाइरस, जसले हल्लायो विश्व

काठमाडौं। कोभिड १९ एउटा यस्तो शक्तिशाली भाइरस जसले विश्वलाइ भयभीत पारिरहेको छ। 

आधुनिक चिकित्सा प्रणालीमा कोभिड १९ एउटा चुनौती बनिरहेको छ।

यो भाइरसको कारण विश्वको अर्थत्रन्तमा प्रभाव परेको छ भने कैयौं पर्यटकीय स्थलहरु सुनसान बन्दै गएको छ।

विश्वका कतिपय व्यस्त रहने विमानस्थलहरु सुनसान बन्दा धेरै मानिसहरु फूर्सदिला बनेका छन्।

तलको तस्वीर न्यूयोर्क शहरको हो। यो शहरको अवस्था तस्वीरले देखाएभन्दा नितान्त फरक छैन।

कोभिड १९ का कारण पर्यटकलाई आगमनमा रोक लगाएपछि यता नेपालको एक मात्र सुचारु रहेको त्रिभुवन विमानस्थल सुनसान बनेको छ।

सरकारले आइतवारदेखि लागू हुने गरी पर्यटकका लागि दिइँदै आएको अन अराइभल भिसा रद्द गरेसंगै व्यस्त रहने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुनसान बनेको हो।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि