‘अमेरिकन आइडल’मा दिवेशको धमाकेदार प्रस्तुति (भिडियोसहित)

काठमाडौँ। विश्वकै चर्चित गायन रियालिटी सो ‘अमेरिकन आइडल’मा नेपाली युवा दिवेश पोखरेलले नयाँ प्रस्तुति दिएका छन्। दिवेशको प्रस्तुतिलाई अडिसन राउन्डमा झैं यो पटक पनि निर्णायकले खुलेर प्रशंसा गरेका छन्।

निर्णायकले स्ट्यान्डिङ अवेसन दिँदै दिवेशको गीतमा झुम्दा लाइभ पफमेन्स हेर्न उपस्थित  भएका दर्शकहरूले पनि उठेर साथ दिएका छन्।

आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोख्रेल करिव ६ वर्षअघि देखि अमेरिकाको क्यान्सस राज्यको विचिटामा बुबा आमासँग बस्दै आएका छन्।

यस अघि छनोटका क्रममा उनले पटक पटक नमस्ते गर्दै आफू नेपालमा जन्मेको र नेपालको सुन्दरताको प्रकाश पार्न कोसिस गर्ने बताएका थिए। उनले आफू ६ वर्ष हुँदादेखि गाउन थालेको पनि बताएका थिए।

नेपाली युवक अमेरिकन आइडलमा पुग्नु नै ठूलो उपलब्धि भएको नेपाली गायक गायिकाले बताएका छन्। विश्वले हेर्ने रियालिटी सो अमेरिकन आइडलमा पुग्नु आफैँमा ठूलो कुरा भएको उनीहरूको भनाइ छ।