कोरोना भाइस मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो, युरोपेली देशको स्थिति भयावह बन्दै

काठमाडौँ। कोरोना भाइरस अर्थत् कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ। विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार हुदँसम्म कोरनो भाइरसको संक्रमणबाट विश्वभर ७ हजार १७१ जनाको मृत्यु भएको छ।

अहिलेसम्म विश्वव्यापी रूपमा भने कोरोना सङ्क्रमित व्यक्तिको संख्या १ लाख ८२ हजार नाघिसकेको छ। हालसम्म विश्वव्यापी रूपमा कोरोनाबाट संक्रमितमध्ये ७९ हजार ७ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ६ हजार १ यसभन्दा बढी जटिल अवस्थामा छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी चीनमा मृत्यु भएको छ। अहिलेसम्म चीनमा ३ हजार २२६ जनाको मृत्यु भएको छ। तर अहिले भने चीनमा कोरोनाको संक्रमण घटेको छ। चीनले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भइसकेको घोषणासमेत गरेको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट गत बिहीबार चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो।
अहिलेसम्म चीनमा जम्मा ८० हजारमा संक्रमण देखिएको छ, त्यसमध्ये ६८ हजार पूर्ण रूपमा निको भएका छन् भने ३ हजार २ सय जना जटिल अवस्थामा रहेका छन्। अहिले चीनामा ८ हजार ९६७ जनामा मात्रै कोरोनाको संक्रमण रहेको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ।

युरोपेली देशको स्थिति भयावह बन्दै

कोरोना भाइरस महामारी चीनबाट सुरू भए पनि पछिल्लो समय युरोपेली देशहरूमा भयावह रूपले फैलिएको छ। युरोपका केही देशमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा सयौको मृत्यु हुने गरेको पाइन्छ।
चीनपछि दोस्रो धेरै संक्रमित र मृतक इटलीमा रहेका छन् भने त्यसपछि इरान, स्पेन, जर्मनी, फ्रान्स, अमेरिका दक्षिण कोरिया लगायत देशमा यसको प्रकोप बढी देखिएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

 

हालसम्म इटालीमा कोरोनाका कारण २ हजार १५८ जनाको मृत्यु भइसकेको छ । त्यहाँ सोमबार मात्रै ३४९ जनाले ज्यान गुमाएका छन् । आइतबार ३९६ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म इटालीमा कोरोनाको संक्रमण हुनेको संख्या २७ हजार ९८० पुगेको छ।
इरानमा अहिलेसम्म ८५२ जनाको मृत्यु भएको छ, जसमध्ये १२९ जना सोमबार मात्रै मरेका छन् । अहिलेसम्म स्पेनमा ३४२ को मृत्यु भएको छ। बेलायतमा पनि पछिल्लो एकै दिनमा २० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ५५ पुगेको छ।

गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले १ सय ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ।