हलिउड अभिनेत्री ओल्गालाई कोरोना सङ्क्रमण

काठमाडौँ। हलिउड अभिनेत्री ओल्गा कुरलेन्को कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’मा अभिनय गरेकी ओल्गालाई कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको हो।

अभिनेत्री ओल्गाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफू आफू कोरोना भाइरस सङ्क्रमित भएको जानकारी गराएकी छिन्।उनी एक साता अघि देखि बिरामी परेकी थिइन्।

कोरोना परीक्षणपछि उनले आफूलाई कोठाभित्र बन्द  गरेर राखेको जानकारी गराएकी छिन्। उनलाई सुरुमा ज्वरो आएको र थकान महसुस हुने जस्ता लक्षणहरू देखिएका थिए। त्यसपछि उनले कोरोना भाइरस टेस्ट गराएकी हुन्।

अन्य सम्बन्धित समाचार:  वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप