पनौतीमा अनिश्चितकालीन कर्फ्यु

काभ्रे। आन्दोलन चर्किएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले पनौती आसपासको क्षेत्रमा  कर्फ्यु जारी गरेको छ। टिप्परको ठक्करबाट सोमवार पनौतीमा आमा छोरीको मृत्यु भएपछि स्थानीय बासी आन्दोलनमा उत्रिएका छन्।  

दोषीमाथि कडा कारवाहीको माग गर्दै प्रदर्शनकारीले हिजो साँझ प्रहरीको पोष्टमा आगजनी गरेका थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेले अर्को आदेश नभएसम्मको लागि कर्फ्यु जारी गरिएको बताइएको छ।

टिप्परको ठक्करबाट जुनीमाया गोले र स्मारिका तामाङको सोमवार मृत्यु भएको थियो। प्रहरी र स्थानीयबीच सोमवार साँझ झडप भएको थियो। त्यसक्रममा प्रहरीले दर्जन राउन्ड हवाइ फायर समेत गरेका थिए।

अन्य सम्बन्धित समाचार:  खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु