निरन्तर ओरालो लाग्दै सुनको मूल्य 

काठमाडौँ। नेपाली बजारमा मङ्गलबार सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुन प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ। 

सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो। 

अन्य सम्बन्धित समाचार:  सुनको मुल्य बढ्यो, तोलको कति?