भारतको ताज महल बन्द

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण रोक्ने प्रयास स्वरुप भारतले प्रख्यात पर्यटकीय गन्तव्य ताज महल बन्द गरेको छ।

प्रेमको प्रतीकका रुपमा रहेको ताज महल अवलोकन गर्नका लागि दैनिक दशौँ हजार पर्यटक पुग्ने गर्छन्। तर कोरोना भाइरसको सङ्क्रमण फैलिने डरका कारण बाध्य भएर ताज महल बन्द गर्नु परेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ।

भारतमा अहिले सम्म कम्तिमा १२५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ। ताज महलसँगै भारतका अरु ठूला सङ्ग्राहालय तथा पर्यटकीय केन्द्रहरू बन्द गरिएका छन्।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु