वनबासा नाकामा चल्ने साना गाडी रोक

कञ्चनपुर। नेपालमा कोरोनाको जोखिम हुने भन्दै वनबासा नाकामा नेपाल भारत चल्ने साना गाडी बन्द गरेको छ। कोरोना सङ्क्रमण लाई मध्यनजर गरि आज बाट वनबासा नाकामा नेपाल भारत चल्ने साना गाडी (जीप, कार) पनि बन्द गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

भारतमा कोरोनाको सङ्क्रमण देखिन थालेपछी नेपालले नाकामा उच्च सर्तकता अपनाएको हो।

भारतमा अहिलेसम्म कम्तिमा १२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।  कोरोना भाइरसको संक्रमणका कारण हालसम्म विश्वमा सात हजारबढी मानिसको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन