राजधानीका पाँच ठाउँमा चार दिन बिजुली जाने

काठमाडौँ। राजधानीका पाँच ठाउँमा चार दिन बिजुली जाने भएको छ। फोर्सपार्क, वीरेन्द्रचोक, गान्धीमोड, हात्तिडाडा र एयरपोर्ट पछाडि लगायतका क्षेत्रमा मङ्गलबार (आज) बुधबार, बिहीबार र शुक्रबार दिनभर बिजुली जाने भएको हो।

जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको स्तरोन्नति (कन्डक्टर अपग्रेडिङ) कार्य गर्नुपर्ने भएकोले ४, ५ ,६ र ७ गते बिहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उक्त फिडरअन्तर्गत बिजुली सप्लाइ लिएका क्षेत्रहरूका ग्राहकलाई असर पर्ने भएको हो। उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने समेत प्राधिकरणले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  तालाबन्दी नखुल्दा सेवाग्राही मारमा