महेन्द्रनगर बसपार्कमा एक जना मृत अवस्थामा फेला

महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगर स्थित बसपार्कमा एक जना मृत अवस्थामा फेला परेका छन्।

मंगलवार जिल्लाको बेल्डाडी गाउँपालीकाका भजन बहादुर बोहरा महेन्द्रनगर स्थित बसपार्क क्षेत्रमा मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरी निरीक्षक मोहनजङ्ग बुडथापाले बताए ।

प्रहरीको प्रारम्भीक अनुसन्धानले हृदयघात भएर मृत्यु भएको हुन सक्ने देखीएको छ।थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

अन्य सम्बन्धित समाचार:  हावाहुरीले निर्माणाधीन पुल उडायो