बेपत्ता पारिएका व्यक्तिहरूको नामावली सार्वजनिक 

काठमाडौँ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेका व्यक्तिहरूको सङ्ख्या २ हजार ५ सय ६ जना रहेको छ। 

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट मारिएर वा अन्य कारण बेपत्ता भएका व्यक्तिहरूको नाम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सार्वजनिक गरेको छ। 

सूची सार्वजनिक गरेसँगै बेपत्ता व्यक्तिका बारेमा कुनै सूचना अथवा प्रमाणहरू भए जानकारी गराउन पनि आयोगले अनुरोध गरेको छ।  माओवादी सशस्त्र द्वन्द्व सकिएको १३ वर्षपछि सरकारद्वारा गठन गरिएको आयोगले बेपत्ता व्यक्तिको नाम सार्वजनिक गरेको हो। 

https://ciedp.gov.np/uploads/files/bepatta%20name%20list%202073-8-13.pdf

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित