सर्वोच्च अदालत बन्द गर्न माग

काठमाडौँ। सर्वोच्च अदालत बार एशोसियसनले कोरोना भाइरसको विश्वव्यापी असरलाई ख्याल गर्दै कम्तिमा ३ हप्ताका लागि सर्वोच्च अदालत बन्द गर्न माग गरेको छ।

मङ्गलबार बसेको सर्वोच्च बारको कार्यसमिति  बैठकले सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरेको हो। देशका विभिन्न भागबाट यात्रा गरी सर्वोच्च अदालत आउनुपर्ने सेवाग्राही र कानुन व्यवसायीको भिड लाग्ने भएकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्याल गर्दै अदालत बन्द गर्नुपर्ने सर्वोच्च बारको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सङ्क्रमणको स्थितिलाई न्यूनिकरण गर्न र सावधानी अपनाउन बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा सुनुवाइ नगर्न बारले माग गरेको हो। बारको आकस्मिक बैठकले यस्तो निर्णय गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई ध्यानाकर्षण गराएको छ।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली