फुटबलका सबै गतिविधि एक साता बन्द

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चैत १२ गतेसम्मका लागि सम्पूर्ण फुटबल गतिविधि स्थगित भएको जनाएको छ।

यसैगरी चैत १६ गतेलाई निर्धारित सङ्घको वार्षिक साधारण सभा पनि अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि उक्त निर्णय लिएको सङ्घले जनाएको छ। यसबीचमा फुटबल प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, सेमिनारलगायत मानिसको भेला हुने गतिविधि नहुने जनाएको छ। एकसातापछि परिस्थिति हेरेर थप निर्णय हुने एन्फाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो